कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजिनामा

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजिनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ। ​ सत्ता साझेदार नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले भर्खरै राजीनामा दिनुभएको हो। कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

कांग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी बनेको थियो। उहाँले नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताउनुभयो। संबोधनका क्रममा शाहीले सरकारले गरेका कामको लामो फेहरिस्त प्रस्तुत गर्नुभयो।

गठबन्धन फेरबदलका क्रममा भएको सहमति अनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै नेपाली काँग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेको शाहीले सम्बोधनका क्रममा बताउनुभयो । शाही ३ वर्ष ८ महिनापछि प्रदेशको सत्ताबाट बाहिरिएसँगै काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।

टिप्पणीहरू