शेष घलेका नक्कली भाइ धरौटी तिर्न नसकेपछि जेल चलान

शेष घलेका नक्कली भाइ धरौटी तिर्न नसकेपछि जेल चलान

डेराको बास,स्कुटीको सवारी,ठाउँ ठाउँमा श्रीमती,खाडीबाट केही पैसा कमाएर फर्केको तर घर लमजुङ घनपोखरा भएकै नाताले बिक थर बदलेर आफूलाई डलर अर्बपति शेष घलेको भाइ भनी दुनियाँ ठग्दै हिँडेका गमबहादुर लामिछाने अन्ततः कारागारको चिसो छिँडीमै फर्कन बाध्य भएका छन् ।

हाल भक्तपुर (जन्मथलो रामेछाप) बस्ने र बागबजारस्थित यौटा सहकारीका अध्यक्ष श्रीबहादुर खड्कालाई बैंकमा सुको बचत नभएको ५ करोडको चेक भिडाएर ८ महिनादेखि डिल्लीबजार कारागारमा मस्तीको जिन्दगी बिताउँदै आएका उनै लामिछाने आज जिल्ला अदालत काठमाडौंमा एक अर्कै ठगी मुद्दाअन्तर्गत साढे ३ करोड रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल फिर्ता भएका हुन् ।

फुटेको कौडी नहाली चिनियाँ व्यवसायीको व्यवसाय र निवास नै चिल्लिबिल्ली बनाएर कागजमा करोडपति बन्दै आएका गमबहादुर को केही लाख खुवाई अन्ततःभित्रबाट सेटिङ्गमा सिन्धुपाल्चोकको पाखोबारी धितो राखेर छुट्ने सपना सखाप पार्न बाध्य भएका हुन् ।

ठग लामिछानेको खातामा रकम जम्मा गर्ने,उनीसँग कारोबार गर्नेहरुलाई समेत अदालतमा उपस्थित गराएर बयान लिइएको चिनियाँ नागरिकका कानुनी परामर्शदाता अधिवक्ता बद्रिप्रसाद भुसालले जानकारी दिनुभएको छ ।

हिजो र आज जिल्ला अदालत,काठमाण्डौमा उपस्थित गराएर उनको बयान लिइएको थियो । त्यसपछि भएको थुनछेक बहसपश्चातको आदेशमा साढे ३ करोड रुपैयाँ धरौटी मागिएको हो । चिनियाँ ब्यापारीलाई भने उनले साढे एघार करोड ठगेको लिखित,मौखिक प्रमाणका ढड्डा छन् ।

 

चिनियाँ नागरिक चाङ चिनसियाङको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी गमबहादुर लामिछाने भएको मुद्दामा ११ करोड ५० लाख रुपैयाँ ठगीको आरोप लगाइएको छ । ठग लामिछानेको खातामा रकम जम्मा गर्ने,उनीसँग कारोबार गर्नेहरुलाई समेत अदालतमा उपस्थित गराएर बयान लिइएको चिनियाँ नागरिकका कानुनी परामर्शदाता अधिवक्ता बद्रिप्रसाद भुसालले जानकारी दिनुभएको छ ।

बयानको क्रममा उनीहरु सबैले गमबहादुरले धेरैलाई ठगेको लिखित बयान दिएका छन् । जाहेरकर्ता चिनियाँ नागरिकको तर्फबाट सरकारी वकिल कार्यालयका वकिलहरुले बहस गर्नुभएको थियो । हिजो प्रक्रिया नसकिएकाले गमबहादुरको ठगीबारेको बहस र आदेश आज जारी भएको हो ।

ठगीप्रति न्यायालय विश्वस्त भएको अवस्थामा र ठगको उद्देश्य गम्भीर प्रकृतिको देखिएमा मात्र यति ठूलो रकमको धरौटी रकम माग गर्ने प्रचलन छ ।

ठगको तर्फबाट कानुन व्यवसायीहरु जगदीश बम र अकलबहादुर कुँवरलगायत चार जना कानुन व्यवसायीले बहस गर्नुभएको थियो । सबैको बहस, साक्षीहरुको लिखित बयान र प्रमाणको आधारमा अदालतले साढे ३ करोड धरौटी मागेको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘अपराधिक विश्वासघातसम्बन्धी कसुर मुद्दामा प्रतिवादी गमबहादुर लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम ३ करोड ५० लाख रुपैयाँ धरौट माग गर्नुका साथै उक्त धरौट दिन नसके ऐ. संहिताको दफा ६८ (२) बमोजिम थुनुवा पुर्जी दिई कानुनबमोजिमको सिदा खान पाउनेगरी मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने आदेश भएकोमा उक्त धरौट बुझाउन नसक्ने भनी निज प्रतिवादी गमबहादुर लामिछानेले कागज समेत गरी दिएको हुँदा निजलाई कानुनबमोजिमको सिदा खान पाउने गरी कारागार कार्यालयमा थुनामा राख्न पठाइएको छ ।’

ठगी मुद्दामा यति धेरै रकमको बिगो तिराउन जिल्ला अदालतबाट सितिमिति आदेश नहुने कानुन व्यवसायीहरु बताउँछन् । ठगीप्रति न्यायालय विश्वस्त भएको अवस्थामा र ठगको उद्देश्य गम्भीर प्रकृतिको देखिएमा मात्र यति ठूलो रकमको धरौटी रकम माग गर्ने प्रचलन छ । लामिछानेलाई जेल पठाइएको खबर सुनेपछि पीडित एक जनाले लेखेका छन्, ‘अनाहकमा अरुलाई दुःख दिनेको भलो हुन्न भन्थे,हो रहेछ ।

anjali anjali नामक फेसबुक प्रयोगकर्ता महिलाले “यो ठग हो,चोर हो यसलाई २० बर्ष थुन्नुपर्छ” भन्ने कमेन्ट पोस्ट गरेको पाइन्छ ।

श्रीबहादुर खड्काजीलाई २ करोड ठगेर जेल परेको शेष घलेको नक्कली भाइ गमबहादुर लामिछाने (बिक) सँग चिनियाँ व्यापारीको घरबार,कम्पनी नै ठगेर पच बनाएकोमा अहिले जिल्ला अदालतले साढे ३ करोड धरौटी मागेर जेलतिरै फिर्ता पठाइदिएको छ । ठगको पक्षमा वाइसीएलका नेता कमरेडहरुको कुदाकुद हेर्नलायक हुँदो रहेछ ।’यसैमा anjali anjali नामक फेसबुक प्रयोगकर्ता महिलाले “यो ठग हो,यसलाई २० बर्ष जेल हाल्नुपर्छ” भन्ने कमेन्ट पोस्ट गरेको पाइन्छ ।

धेरैलाई ठगेर पैसा नभएको बैंक खाताको चेक भिडाउँदै आएका उनीविरुद्ध अरु थुप्रै मुद्दा उच्च अदालत पाटनमा समेत विचाराधीन छ । कीर्ते कागजातबाट ठग्दै आएका उनले चिनियाँको लगानीमा खुलेको उद्योग र चिनियाँले खरिद गरेको घर समेत आफ्नो नाममा बनाएका छन् । यससम्बन्धमा परेको लामिछानेविरुद्धको मुद्दा पनि उच्च अदालत पाटनमा विचाराधीन छ ।

टिप्पणीहरू