काठमाडौंमा नेपाली र अमेरिकी सेनाको संयुक्त तालिम शुरु

काठमाडौंमा नेपाली र अमेरिकी सेनाको संयुक्त तालिम शुरु

नेपाली र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास ‘एक्स टेक नेल २२’ शुरु भएको छ । काठमाडौंको छाउनीस्थित रेञ्जर गणमा दुई देशका सेनाको संयुक्त तालिम अभ्यास शुरु भएको हो ।

तालिममा नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरु मध्येबाट करीब ५० जना तथा अमेरिकी सेनाका करीब २० जना सम्मिलित छन् ।

तालिमको शुभारम्भमा अमेरिकी राजदूतावासको प्यासिफिक अग्मेनटेसन तथा रक्षा सहयोग कार्यालय ओडीसी प्रमुख, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको सेनाले जनाएको छ ।काठमाडौं, पोखरा र अन्नपूर्ण बेसक्याम्प इलाकामा मंसिर १४ गतेसम्म तालिम सञ्चालन हुने छ । तालिममा जलउद्धार र उच्चपहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउने उद्देश्य रहेको सेनाले बताएको छ ।

टिप्पणीहरू