आज ५ सयको हाराहारीमा संक्रमित थपिँदा ९ जना बिते

आज ५ सयको हाराहारीमा संक्रमित थपिँदा ९ जना बिते

आज मुलुकभर ५ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ४ सय ९० जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज ९ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय ६८ जनामा पीसीआर तथा ४ हजार १ सय ९६ जनामा एन्टिजेन गरी ११ हजार ६ सय ६४ जनामा परीक्षण गरिँदा उक्त संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै ९ हजार ३ सय १८ सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय १६ पुगेको छ । आज मुलुकभर कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ४ प्रतिशत देखिएको छ ।

टिप्पणीहरू