संसदको जाँचमा सबै फेल

संसदको जाँचमा सबै फेल

संघीय संसदको उपसचिव पदको निम्ति लिइएको परीक्षामा सहभागी सबै परीक्षार्थी अनुत्तीर्ण भएका छन् । लोकसेवा आयोगले संघीय संसदमा दरबन्दी हुने गरेर उपसचिव पदका लागि लिएको लिखित परीक्षामा कोही पनि उत्तीर्ण हुन नसकेका हुन् ।

लोकसेवा आयोगले परीक्षाफल प्रकाशित गर्दै कोही पनि उत्तीर्ण हुन नसकेको जनाएको छ ।

आयोगले संघीय संसदमा दरबन्दी हुने गरेर उपसचिव वा सोसरहको ३ वटा पदका लागि आवेदन खुलाएको थियो । त्यसमा पनि मागभन्दा कम अर्थात् २ जनामात्र लिखित परीक्षामा सहभागी भएका थिए ।

ती दुबै जना लिखित परीक्षामा फेल भएपछि अब अन्तरवार्ता समेत लिन नपर्ने भएको हो ।

टिप्पणीहरू