आज धनतेरस मनाईंदै

आज धनतेरस मनाईंदै

वैदिक सनातन हिन्दु धर्मालम्वीहरुले मनाउने दोस्रो ठूलो र महत्वपूर्ण चाड तिहार अर्थात यमपञ्चक हो । नेवारीमा स्वान्ति भनेर चिनिने तिहार नेपालमा मात्र नभई भारतलगायत हिन्दुहरुको बसोबास भएका सबैतिर मनाइन्छ ।

तिहार पर्वको आफ्नै महिमा र विशेषता छन् । अधिकांश हिन्दु नेपालीले तिहारलाई पौराणिक तरिकाले मनाउने प्रयास गरेको पाइन्छ । तिहारलाई उज्यालो र प्रकाशको पर्वको रुपमा समेत चिनिन्छ ।

पाँच दिनसम्म मनाइने तिहार आजदेखि शुरु हुँदै छ । तिहारको पहिलो दिन धन्तेरस मनाउने चलन छ । पौराणिक मान्यताअनुसार, सत्ययुगमा पहिलोपटक तिहार मनाइएको थियो । कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशी तिथिमा समुन्द्र मन्थनको बेला धन्वन्तरी प्रकट भएको जनविश्वास छ ।

अमृत कलशसहित प्रकट भएका धनवन्तरीको जन्मदिवसको कारण धन्तेरस मनाउन थालियो । त्यसपश्चात् धनकी देवी लक्ष्मी प्रकट भइन् । उनको स्वागतमा दीपोत्सव गरियो जुन परम्परा अहिलेसम्म चलिआएको छ ।

तिहारमा पहिलेदेखि माटोको दियो बाल्ने चलन छ । तर धनतेरसको दिन सुन, चाँदीका गरगहना वा तामाका भाँडाकुँडा र पूजाको सामान किन्ने प्रचलन समेत छ ।

टिप्पणीहरू