बंगलादेशमा चियाको सिजन शुरु

बंगलादेशमा चियाको सिजन शुरु

छिमेमी राष्ट्र बंगलादेशमा चिया प्रशोधनको सिजन शुरु भएको छ । उत्तरपूर्वी बंगलादेशको श्रीमंगलमा यस सिजनको चिया प्रशोधनका लागि कारखानाहरू धमाधम चलेका छन् ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राजधानी ढाकाबाट दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको श्रीमंगललाई बंगलादेशमा चियाको राजधानी भनिन्छ ।त्यहाँ चिया बगानले भरिएका सयौं साना र होचा पहाड तथा थुम्काहरू छन् । उक्त क्षेत्रको चियापत्तिलाई विश्वमा नै स्वादिष्ट मानिन्छ । साथै उक्त क्षेत्र देशको सबैभन्दा ठूलो चिया उत्पादक पनि हो ।

टिप्पणीहरू