टोङ्गामा संक्रमित भेटिएपछि विश्वका सबै देश कोरोना प्रभावित

टोङ्गामा संक्रमित भेटिएपछि विश्वका सबै देश कोरोना प्रभावित

प्रशान्त महासागरको सानो टापु मुलुक टोङ्गामा कोरोना संक्रमित भेटिएपछि विश्वका सबै देश कोरोनाबाट प्रभावित भएका छन् । कोरोना महामारीको झण्डै दुई वर्षसम्म उक्त मुलुकमा कोरोना संक्रमित भेटिएका थिएनन् । हालसम्म विश्वमा कोरोना भाइरस नपुगेको एउटै मात्र टोङ्गा थियो ।

गत शुक्रबार पहिलो संक्रमित भेटिएपछि टोङ्गाले कोरोनाविरुद्धको खोपलाई व्यापक रुपमा लगाउने भएको छ । नजिकैको मुलुक न्युजिल्याण्डबाट आएका एक जना नागरिकमा शुक्रबार संक्रमण पुष्टि भएको हो ।

कोरोनाविरुद्धको दुई डोज खोप लगाएका एक जनालाई संक्रमण पुष्टि भएको जनाइएको छ । मुुलुकमा पहिलो पटक संक्रमित भेटिएपछि उच्च सतर्कता अपनाइएको छ । त्यहाँका प्रधानमन्त्रीले राजधानीलगायतका क्षेत्रमा लकडाउन गर्नेसम्मको चेतावनी दिएका छन् ।

न्युजिल्याण्डबाट उत्तर पूर्वमा रहेको साने टापु टोङ्गाको जनसंख्या १ लाख हाराहारीमा छ । हालसम्म उक्त मुलुकमा ३० हजार बढीले मात्र खोप लगाएका छन् । झण्डै दुई तिहाई अर्थात ६५ हजारको हाराहारीमा जनसंख्याले खोप नलगाएकाले प्रधानमन्त्रीले चेतावनी दिएको प्राप्त समाचारमा बताइएको छ ।

टिप्पणीहरू