राष्ट्रपति मनाङको लागि उड्नुभयो

राष्ट्रपति मनाङको लागि उड्नुभयो

राष्ट्रपति विद्यादेवी भण्डारी भर्खरै मनाङतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ जानुभएको हो । शनिबार मुक्तिनाथ जानुभएको उहाँ हिजो लुम्बिनी पुग्नुभएको हो । आज मनाङमा उहाँले व्यावसायिक स्याउ खेतीको अवलोकन गर्ने बताइएको छ ।

मुक्तिनाथ र लुम्बिनी धार्मिक उद्देश्यले जानुभएको उहाँ मनाङ चाँही स्थानीय व्यावसायिक खेती अवलोकनको निम्ति जानुभएको स्रोतले बताएको छ । सो क्रममा उहाँले गत वर्षायाममा आएको बाढी र पहिरोल क्षतिग्रस्त स्थानको समेत अवलोकन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन स्कटल्याण्ड जानुभएको बेलामा राष्ट्रपति मनाङ जानुको उद्देश्य पनि जलवायुसँग सम्बन्धित रहेको सुरक्षा स्रोतले बताएको छ । नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तनबाट सबैभन्दा धेरै प्रभावित छ । त्यसमध्ये मनाङ जिल्ला पनि एक हो ।

टिप्पणीहरू