अदालतभित्र लात हान्ने वकिल र बारमाथि कारबाहीको माग

अदालतभित्र लात हान्ने वकिल र बारमाथि कारबाहीको माग

अदालत परिसरभित्र आफ्नै सहकर्मीलाई लात हान्ने वकिललाई कडा कारबाही गर्न माग गरिएको छ । जनताको आयोग महाअभियान नेपालले उक्त माग गर्दै त्यस्तो गतिबिधि गर्न छुट दिने हो भने नेपाल बार एसोसिएसनमाथि पनि कारबाही हुनुपर्ने आवाज उठाएको छ ।

महाअभियानले आज बिहान ११ बजे बारको प्राङ्गणमा आयोजना गर्न लागेको कार्यक्रममा उक्त माग गर्ने बताएको छ । उसले बार एसोसियसनको चुनावमा उठ्ने आरएलए, पीपीएलए र डीएलएजस्ता राजनीतिक आस्थाका समूहले त्यस्तो समूहको अर्थ, कानुनी र व्यवहारिक औचित्य साबित गर्नुपर्ने आवाज समेत उठाएको छ ।

त्यसैगरी दलगत आडमा इजलास नबसेर उल्टै धर्नामा बस्ने न्यायाधीशाहरुलाई पनि उसले पदमा नबस्न आग्रह गरेको छ । उसले भनेको छ, ‘विनाप्रमाण प्रधानन्यायाधीशविरुद्ध मनपरी अभिव्यक्ति दिने अधिवक्ता र अन्य न्यायाधीशहरुले आरोप पुष्टि हुने प्रमाण पेश गर्नुपर्यो ।

अन्यथा, उनीहरुलाई मानहानीको कारबाहीमा लैजान नेपाल बारले कुनै पहल नगरेमा बारका पदाधिकारीहरुलाई समेत नमुना जनताको आयोग मार्फत् कारबाही प्रक्रियामा लैजान उजुरी दर्ता गरिनेछ ।’

टिप्पणीहरू