‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ जनगणना थालिने

‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ जनगणना थालिने

राष्ट्रिय जनगणना २०७८ अर्को सातादेखि शुरु हुँदैछ । जिल्ला जनगणना कार्यालयको नेतृत्वमा सबै स्थानीय तहमा एक साथ राष्ट्रिय जनगणना गर्न लागिएको हो

कात्तिक १३ गतेबाट देशभर मुख्य गणनाका लागि गणकहरुको तालिम शुरु गरिएको जिल्ला जनगणना कार्यालय, काठमाडौंका सहायक जिल्ला जनगणना अधिकारी बलराम दुलालले जानकारी दिनुभयो ।

यो तालिम कार्तिक १७ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौं बाहेकका अन्य जिल्लामा भने कात्तिक १६ गतेसम्म मात्रै गणकहरुको तालिमको व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो ।

केन्द्रीय तथ्यांक विभागले यही कात्तिक २५ गतदेखि मंसीर ९ गतेसम्म मुख्य गणनाको काम शुरु गर्दैछ । सोही गणनाका लागि गणकहरुको तालिम शुरु गरिएको काठमाडौं जिल्ला जनगणना अधिकारी धर्मरत्न बज्राचार्यले बताउनुभयो ।

मुख्य जनगणनाका लागि काठमाडौंमा तीन स्थानमा ४ सय ५७ जना गणकहरु तालिममा सहभागी भएका छन । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ शुरु हुने जनगणनामा सहभागी हुन विभागले सबैलाई आह्वान गरेको छ ।

टिप्पणीहरू