प्रधानन्यायाधीशको इजलासमा बहस शुरु

प्रधानन्यायाधीशको इजलासमा बहस शुरु

सर्वोच्च अदालतका बहुमत न्यायाधीश र नेपाल बार एसोसिएसनले इजलासमा नबस्न दिएको चेतावनीका बाबजुद् प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बेञ्चमा बहस शुरु भएको छ ।

प्रधानन्यायाधीश राणाको इजलासमा अहिले चितवन जिल्ला अदालतसमेतका विरुद्ध दायर भएका रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । महान्याधिवक्ता कार्यालयले दायर गरेको मुद्दामा सरकारी वकिलहरुले बहस गरेका छन् ।

प्रधानन्यायाधीश राणाले आजका लागि आफूसहितको १२ वटा इजलास तोक्नुभएको थियो । न्यायाधीशहरुका लागि सात वटा संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, अन्य न्यायाधीशहरुले इजलास बहिष्कार गरेका कारण संयुक्त बेञ्च बस्न सकेको छैन ।

यसअघि नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न आग्रह गरेको थियो । प्रधानन्यायाधीश राणाले अदालतमा बेथिति भित्र्याएको, न्यायपालिकाको गरिमा र जनआस्थामा आँच पुर्याउने काम गरेको भन्दै सर्वोच्च अदालतका अधिकांश न्यायाधीशका साथै बार एसोसिएसनले उहाँको राजीनामाका लागि दबाब दिँदै आएका छन् ।

टिप्पणीहरू