बाँस काट्ने युवक ठहरै

बाँस काट्ने युवक ठहरै

उदयपुरमा हरियो बाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकले अनाहकमा ज्यान गुमाएका छन् । ज्यान गुमाउने रौतामाई गाउँपालिका ८, खमारेका ३२ वर्षीय कुमार मसराङ्गी मगर हुन् ।

वडाध्यक्ष टेकबहादुर बलम्पाकीका अनुसार मगरलाई घरभन्दा १५ मिटर टाढा रहेको झ्याँङबाट बाँस काटेर निकाल्ने क्रममा करेन्ट लागेको थियो । काटेको हरियो बाँसले बिजुलीको नाङ्गो तारलाई छोएपछि उनलाई झड्का लागेपछि तत्काल घटनास्थलमा मृत्यु भएको थियो ।

उक्त विद्युत लाइन मुकुर्ची खमारे हुँदै डुम्रीथुम्कासम्म पुगेको छ । कच्ची सडक र गाउँबस्तीका छेउछाउ हुँदै तानिएको खुल्ला विद्युत लाइनका कारण दुर्घटनाको सम्भावना देखिँदा पनि सरोकारवाला निकायले सचेतना र सुरक्षामा ध्यान नदिएको गुनासो स्थानीयले गरेका छन् ।

मृतक मगरको शवलाई पोष्टमार्टमको लागि अहिले जिल्ला अस्पताल बोक्से ल्याइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको बताइएको छ ।

टिप्पणीहरू