नेपालीको कथा नेटफ्लिक्समा

नेपालीको कथा नेटफ्लिक्समा

नेपालीको कथामा बनेको एक डकुमेन्ट्री अमेरिकी प्रिपेड टेलिभिजन नेटफ्लिक्समा हेर्न पाइने भएको छ । हिमाल आरोही निर्मल पूर्जाको आरोहणको विषयमा बनाइएको डकुमेन्ट्री ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ नेटफ्लिक्समा हेर्न पाइने भएको हो ।

डकुमेन्ट्री आउँदो २९ नोभेम्बरमा रिलिज हुने जानकारी निर्मल पूजाले सामाजिक सञ्जालमार्फत् दिएका छन् । फिल्म विश्वका १ सय ९१ देशमा रिलिज हुने र ३१ भाषामा अनुवाद हुने छ । ६ महिना ६ दिनको अवधिमा ८ हजारभन्दा धेरै उचाइका १४ वटा हिमाल आरोहण गरेका पूर्जाको हिमालको कथा डकुमेन्ट्रीमा समेटिएको छ ।

निर्मल पूर्जाले सन् २०१९ अप्रिल २३ मा अन्नपूर्ण हिमालको आरोहण गर्दै ६ महिने चुनौतीको सुरुवात गरेका थिए । सोही वर्षको मे २२ मा उनले सगरमाथाको आरोहण समेत गरेका थिए ।

पूर्जाले २ दिन ३ मिनेटमा सगरमाथा, ल्होत्से र मकालु हिमालको आरोहण गर्दै आफ्नो अघिल्लो गिनिज वल्र्ड रेकर्ड समेत तोडेका थिए । उनले जाडोयामको बेला गत जनवरी १६ मा पाकिस्तानको केटु हिमाल आरोहण गरेका थिए ।

टिप्पणीहरू