​विमानस्थलमा मातेर बबाल

परिवारको बिचल्ली हुने गरी ३३ किलो सुन हराएको मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अचेल दिनहुँ झैझगडा र काण्ड दोहोरिने गरेका छन् । बिहीबार एयरपोर्टस्थित अध्यागमन कार्यालयका कर्मचारीलाई नेपाली मूलका विदेशीले तथानाम मुख छाडे । अष्टे«लियाबाट आएका सुदर्शन भुसाल जहाजबाट झर्दा खुट्टा टेक्ने हालतमा थिएनन् । अर्घाखाँचीका पुराना बासिन्दा तर हाल अष्टे«लियाको नागरिकता र पासपोर्ट लिइसकेका ४७ वर्षीय उनी लर्बरिएको स्वरमा बिहे गर्न नेपाल आएको बताउँदै कर्मचारीलाई गाली गरिरहेका थिए । बिनाकारण मुखिया र जिम्वाल भन्दै पागलजस्ता शब्द प्रयोग गरी गाली दिइरहेपछि उनलाई अध्यागमनका कर्मचारीले सम्झाउ खोजेका थिए । तर, उनी झन् हौसिएर कराउन थालेपछि नियन्त्रणमा लिइयो । 

कर्मचारी वा सुरक्षाकर्मीले सम्झाउँदा झन् गालीगलौजमा उत्रिएका सुदर्शनलाई अष्टे«लिया नै डिपोर्ट गरिदिने सल्लाह पनि भयो । करिब ५ घण्टा अध्यागमनकै हिरासतमा रहेपछि उनलाई छुटाउन गृह मन्त्रालयबाटै फोन आयो । गृहबाट बिहे गर्न आएको रहेछ, पठाइदिनुस् भनिएलगत्तै माओवादी नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले टन्न धोकेर दुव्र्यवहार गर्नेको जिम्मा आफूले लिने बताउँदै छाडिदिन अनुरोध गरेको बताइन्छ । ५ घण्टाजति हिरासतमा बस्दा मदिराले छाडिसकेको भए पनि सुदर्शनको व्यवहारमा परिवर्तन आएको थिएन । त्यसपछि उनलाई त्यहाँबाट डिपोर्ट नगरी बिहेघरतिरै पठाइएको छ । 

यसैगरी, अघिल्लो दिन बुधबार पनि विदेशी पासपोर्टधारी नेपाली टंकनाथ सापकोटाले बबाल मच्चाएका थिए । विदेश गएर उतैको नागरिक बनिसकेका प्रायः नेपालीले यता आउँदा यस्तै दुव्र्यवहार गर्ने गुनासो छ । उनीहरू आफूलाई निकै ठूलो सम्झने, नेपाल र नेपालीलाई हेपाहा व्यवहार गर्ने गर्छन् । सुदर्शनको अष्टे«ेलियन पासपोर्ट नम्बर पिए ४८९६१५८ र पोर्चुगलको नागरिक बनिसकेका टंकनाथको पासपोर्ट नम्बर सी ४३३६७६ रहेको छ । 

टिप्पणीहरू