विदेशिएका काभ्रेलीहरुको धुलिखेलमा जमघट

विदेशिएका काभ्रेलीहरुको धुलिखेलमा जमघट

अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजले नयाँ कार्यसमिति चयन गरेको छ । हिजो धुलिखेलमा सम्पन्न समाजको दोस्रो अधिवेशनले दिपक खरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिनेश उप्रेती, शम्भु गौतम, सानु कान्छालाल वाइबा, महिला उपाध्यक्षमा संगम भण्डारी, महासचिवमा मोहन विष्ट, कोषाध्यक्षमा यम श्रेष्ठ र सचिवमा सिरी सत्याल चुनिएका छन् । विजय बस्नेत, अशोक उप्रेती र उद्धवराज गौतम सदस्यमा निर्वाचित भएका छन् ।त्यस्तै, क्षेत्रिय संयोजक मध्यपूर्वमा दिलकुमार लामा, युरोपमा कान्छाराम बुढाथोकी, अमेरिकामा नवीन सापकोटा, एशिया प्यासिफिकमा प्रमोद खतिवडा, अफ्रिकामा चिरञ्जीवी थापा छानिएका छन् ।

अधिवेशनकै दौरान समाजले सुस्तमनस्थिति पुर्नस्थापना केन्द्र खरेलथोककी सुधा सिलवाललाई नगद १५ हजार सहयोग गरेको छ । यसअघि कोभिड नियन्त्रण तथा स्वास्थ्य सुरक्षाका लागि काभ्रेका नागरिकलाई करिब ६ लाख रुपैयाँ बराबरको सुरक्षा सामाग्री वितरण गरिएको जानकारी गराइएको थियो ।कार्यक्रममा विभिन्न विधाका विशिष्ठ ७ जना व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएकोे थियो । सुस्तमनस्थिति पुर्नस्थापना केन्द्र खरेलथोककी सुधा सिलवाल, चलचित्र विकास बोर्डका कार्यकारी निर्देशक दयाराम दाहाल, साहित्यकार डा. गीता त्रिपाठी, दुई सयभन्दा बढी पटक रक्तदान गर्ने अर्जुनप्रसाद मैनाली, वरिष्ठ संगितकार सुरेशराज अधिकारी र अर्गानिक महिला उद्यमी कमला लामालाई समान गरिएको समाजले जनाएको छ ।

टिप्पणीहरू