मेयरको घर अगाडि फोहोरको डंगुर

मेयरको घर अगाडि फोहोरको डंगुर

सहरको सरसफाईमा ध्यान नदिएको भन्दै जनकपुरका स्थानीय जनप्रतिनिधिहरुले मेयरकै घर अगाडि लगेर फोहोर फालेका छन् । चाडपर्व लागिसक्दा समेत सरसफाइमा मेयर लालकिसोर साहले ध्यान नदिएपछि स्थानीय जनप्रतिनिधिहरुले फोहोर फालेर बिरोध प्रर्दशन गरेका हुन् ।

पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको उनीहरुको आरोप छ । शुभदीपावली नजिकिँदा समेत फोहोर व्यवस्थापनमा चासो नदेखाएपछि जनकपुरका वडाध्यक्षहरुले नगरप्रमुख साहलाई कालोमोसो दल्ने चेतावनी दिएका छन् ।

वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुप्रिएको फोहोर व्यवस्थापनलाई मेयर साहले बेवास्ता गरेकाले कालोमासो दल्ने बताएका छन् ।वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साह, ३ का वडाध्यक्ष दिपेन्द्र साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह र ७ का वडाध्यक्ष जानकीराम साहलगायतले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् ।

प्रहरीले नगरप्रमुख साहको घर अगाडि फोहोर फाल्न नदिएपछि उनीहरु उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए ।

वडाध्यक्षहरुले मेयरमाथि फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरुलाई ट्याक्टरसमेत उपलब्ध नगराएको, जनताप्रति बेवास्ता गरेको र भ्रष्टाचारमा मात्र केन्द्रित बनेको आरोप लगाएका छन् ।

टिप्पणीहरू