लागुऔषध ओसारपसार व्यापक, पछिल्लो पटक ६ जना समातिए

लागुऔषध ओसारपसार व्यापक, पछिल्लो पटक ६ जना समातिए

कोरोना महामारीको समयमा पनि मुलुकभर लागुऔषध कारोबार र ओसारपसार व्यापक देखिएको छ । कैलाली र सुर्खेतबाट त्यही अभियोगमा लागुऔषधसहित प्रहरीले छ जनालाई समातेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका १ बुद्धमार्गबाट ४ ग्राम १ सय मिलिग्राम हेरोइनसहित स्थानीय २४ वर्षीय वसन्त चौधरीलगायत तीन जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो । पैदलयात्रा गरिरहेका उनीहरूलाई प्रहरीले उक्त पदार्थसहित फेला पारेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ८, सुकुम्बासी टोलका १८ वर्षीय किशोरसहित तीन जना पनि ६ सय ५० मिलिग्राम ब्राउन सुगर र ४ हजार ४ सय ८० रूपैयाँ नगदसहित हिजो राति पक्राउ परेका छन् ।

लागुऔषधको कारोबार भइरहँदा प्रहरीले उक्त पदार्थ र नगदसहित उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

टिप्पणीहरू