५० वर्षे पुरुषद्वारा ४ वर्षे नाबालिकामाथि जबरजस्ती करणी

५० वर्षे पुरुषद्वारा ४ वर्षे नाबालिकामाथि जबरजस्ती करणी

कञ्चनपुरमा एक जना ५० वर्षे पुरुषले ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका छन् । नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भीमदत्त नगरपालिका १६, परखेडीका ५० वर्षीय करन सिंह पक्राउ परेका हुन् ।

करनले मादक पदार्थ सेवन गरी बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको खुलेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको टोलीले तत्काल पक्राउ गरेको हो ।

उनीविरुद्ध आवश्यक कानुनी कारबाहीको प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू