राणाको कुममा धानको बालामाथि थप दुई तारा

राणाको कुममा धानको बालामाथि थप दुई तारा

जासुसी हेर्ने बिभाग डिजिएमआइ प्रमुखबाट सेनाको दोश्रो वरियतामा पदोन्नत हुनुभएका उपरथी सरोजप्रताप राणालाई प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

क्याबिनेटको अनुमोदनसङ्गै जंगी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । योसँगै राणा बलाध्यक्षमा नियुक्त हुनुभएको छ । क्याबिनेटको गत बिहीबारको बैठकले राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

टिप्पणीहरू