​विमानस्थलको प्रगति

अब हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि दिनको २१ घण्टा सञ्चालन हुने भएछ । पहिले १८ घण्टा मात्रै सञ्चालन हुन्थ्यो । अब केही बढाएर २१ घण्टा बनाइएको छ । जे होस्, विमानस्थलले यति भए पनि प्रगति गरेछ । राम्रो भयो । 

अब विमानस्थल पहिलेभन्दा अलि बढी समय खुल्ने भएपछि दुबईबाट सुन पनि पहिलेभन्दा अलि बढी आउँछ होला । विमानस्थल बढी खुलेपछि सुन पनि बढी नै आउनु प¥यो । गृहमन्त्री कमरेड रामबहादुर थापाले अस्ति भनिसक्नुभयो – विमानस्थलबाट सुन टनका टन आउँछ । उहाँलाई राम्रो जानकारी रहेछ । यो जानकारीबाट थाहा हुन्छ, गुप्तचर विभाग अझै उहाँकै कमाण्डमा छ । तलमाथि भएको छैन । विमानस्थल दिनको १८ घण्टा मात्रै सञ्चालन हुँदा यति परिमाणको सुन आउने गथ्र्यो । अब २१ घण्टा सञ्चालन भएपछि त अवश्य पनि त्यो भन्दा बढी नै आउनु प¥यो । यदि सुन जतिको त्यति मात्रै आउने हो भने किन दिनको २१ घण्टा सञ्चालन गर्नुप¥यो र ? १८ घन्टै ठीक थियो नि !

हामी आशा गरौँ, विमानस्थल बढी घण्टा खुल्नुको उपलब्धिस्वरूप देशले सुन झिकाउने काममा पनि तुलनात्मक रूपले तरक्की गर्नेछ । अब यसमा कति तरक्की भयो, त्यसको जानकारी हामी गृहमन्त्रीबाट यथासमय पाउने नै छौँ । 

टिप्पणीहरू