निजामतीमा अन्धाधुन्द एकलौटी

निजामतीमा अन्धाधुन्द एकलौटी

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले एकमना शैलीले गठबन्धनका अरु सहयात्रीलाई निधार खुम्च्याउन बाध्य पारेको छ । प्रहरी,प्रशासन र सिडियोमा गरिएका एकपक्षीय निर्णयका कारण काँग्रेसले चुनाव खर्च उठाउने,निर्वाचनमा हात माथि पार्ने योजना बनाएको भन्न थालिएको छ ।

अर्थ मन्त्रालयमा सचिवदेखि शाखा अधिकृतसम्म सेटिङ मिलाइएको अहिले माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले समेत भन्न थालेका छन् । ‘हाम्लाई समर्थन गर्छन् भनेर मधु मरासिनीलाई अर्थ मन्त्रालयमा ल्याइयो,अहिले त्यहिँ नै काँग्रेसले सेटिङ गर्न थाल्यो,’ अर्थमन्त्री जनार्दन शर्मा निकट एक जना नेताले भने ।

उनका अनुसार मुख्य ठाउँमा काँग्रेसनिकट कर्मचारीलाई सेटिङमा राख्न थालिएको अन्य राजनीतिक दलका नेताले बल्ल चाल पाएका छन् । सचिव मरासिनीले आफ्नै सहोदर भाइलाई मझौला करदाता कार्यालयमा पठाएपछि मन्त्री शर्माको सचिवालय झसङ्ग भएको बताइन्छ ।

सामान्यतयाः लेखाको उपसचिवलाई दुई वर्ष राखिन्छ तर अर्थ मन्त्रालयमा पाँच महिना नहुँदै हटाइएको छ । काफ्लेको ठाउँमा अहिले झापाका ज्ञानेन्द्र ओझालाई लगिएको छ ।

उता,गृह मन्त्रालयमा मन्त्री बालकृष्ण खाँण सबैभन्दा कठोर देखिएका छन् । उनले छानी छानी सिडियोलाई जिल्लामा पठाइरहेका छन् । गृह स्रोत भन्छ, ‘एक एक गरी जाँचेर मात्र पठाइएको छ । जिल्लामा सिडियो बनाएर पठाउनुअघि मन्त्रालयमा कबोल गराउने गरिएको छ । कबोल स्वीकारे ठीकै छ भनिन्छ,नभए पछि खबर गरौंला भन्ने गरिएको छ । यो सबै चुनाव र चुनाव खर्च लक्षित सरुवा हो ।’

परराष्ट्र मन्त्रालयमा पनि त्यस्तै खेल शुरु भएको त्यहाँका कर्मचारीहरुले बताएका छन् । बिहीबार मात्रै भारत,अमेरिका र बेलायतमा काँग्रेसले आफ्नो कोटाबाट मात्रै राजदूत बनाएको छ । राजदूतमासमेत आफ्नालाई छान्न र गिजोल्न थालिएको आरोप लागेको छ ।

यता अर्थ मन्त्रालयमा माओवादी नेतृत्वमा काँग्रेसको कर्मचारी सेटिङको कथा एक जना सहसचिवले नै सुनाएका छन् । माओवादीको छनौटमा ल्याइएका सचिवले वामपन्थी विचारधाराका कर्मचारीलाई नसहेपछि कुरो बाहिर आएको हो ।

अहिले आफ्नै स्याङ्जाली गाउँले भाइ नाता पर्ने लुमाकान्त काफ्लेलाई सचिवले पाँचै महिनामा मन्त्रालयबाट खेदेको आरोप लागेको छ । लेखाका उपसचिव काफ्ले यसअघि शिशिर ढुंगाना सचिव हुँदा अर्थमा गएका हुन् ।

सामान्यतयाः लेखाको उपसचिवलाई दुई वर्ष राखिन्छ तर अर्थ मन्त्रालयमा पाँच महिना नहुँदै हटाइएको छ । काफ्लेको ठाउँमा अहिले झापाका ज्ञानेन्द्र ओझालाई लगिएको छ । बागलुङमा कार्यरत ओझाले केही समयअघि सचिव मुस्ताङ जाँदा मन जित्न सफल भएकाले काफ्लेलाई फालेर ओझालाई ल्याइएको अर्थ मन्त्रालयमा चर्चा हुन थालेको छ ।

उनीहरु भन्छन्, ‘दुई वर्षमा सरुवा गर्ने नियम विपरित पाँच महिनामा गरिएको छ । लेखाका कर्मचारीको सामान्यतयाः अर्थमा सरुवा हुँदैन । अर्थ मन्त्रालयको लेखा प्रमुख भनेर महालेखाबाट कर्मचारी खट्ने व्यवस्था छ । उनीहरुले सचिवसँग समन्वय गरेर काम गर्ने हो । सचिव मरासिनी महालेखामा हुँदा काफ्लेलाई मन्त्रालयमा खटाइएको थियो । काफ्लेलाई एमाले निकट भनिएकाले त्यसो गरिएको हुनसक्ने अड्कल लगाइएको छ ।

अर्थको लेखाप्रमुख भएर काम गर्ने सहसचिवसँग सचिवले सबैखालका कुरा गर्ने भएकाले सूचना चुहिन डरले बागलुङबाट ओझालाई तानिएको काँग्रेसी कर्मचारीहरुले बताएका छन् ।

टिप्पणीहरू