फोटो स्टुडियोभित्र किशोरीको करणी

फोटो स्टुडियोभित्र किशोरीको करणी

वीरगञ्जमा एउटी १६ वर्षीया किशोरीलाई दुई जना युवाले फोटो स्टुडियोमा जबरजस्ती पुर्याएर करणी गरेका छन् ।

स्थानीय २० वर्षीय बिकर ठाकुर हजाम र २५ वर्षीय अनिल महतो कोइरीले किशोरीलाई करणी गरेका हुन् । ट्युसन पढ्न गइरहेकी किशोरीलाई उनीहरुले जबरजस्ती तानेर फोटो स्टुडियोभित्र लगेका थिए ।

स्टुडियोभित्र पुर्याएपछि उनीहरुले पालैपालो जबरजस्ती करणी गरेको बताइन्छ । उनीहरु दुर्ब जनालाई जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१९ वर्षिया किशोरी पटक पटक बलात्कृत

वीरगञ्जमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको छ । बारा कलैयाका ३८ वर्षीय जाहिर अन्सारीले झक्याएर पटक पटक बलात्कार गरेको प्रहरीले बताएको छ । उनले आफूलाई अविवाहित भनेर ढाँटेपछि ती युवतीसँग प्रेम सम्बन्ध गाँसेका थिए ।

युवतीलाई विवाह गर्ने प्रलोभनमा उनले दुई वर्षदेखि वीरगंजका विभिन्न स्थानमा पटक पटक करणी गरेका थिए । त्यसक्रममा अन्सासरीले अश्लील फोटो र भिडियो खिचेको समेत देखिएको छ । त्यहि भिडियो र फोटो गत असोज २७ गते देखाउँदै उनले पुनः जबरजस्ती करणी गरेका थिए ।

किशोरीको जाहेरीको आधारमा अन्सारीविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यता राजधानी काठमाडौंमा २१ वर्षीया महिलामाथि पनि जबरजस्ती करणी भएको छ । उक्त अभियोगमा काठमाडौं महानगरपालिका–१५, डल्लु धुम्बाखेल बस्ने कालिकोट तिलगुफा नगरपालिका–११ का ३१ वर्षीय नारायण शाही पक्राउ परेका हुन् ।

टिप्पणीहरू