जंगलमा चितुवा मार्ने, होटलमा त्यसैको छाला र हड्डीको रजाईं गर्ने

जंगलमा चितुवा मार्ने, होटलमा त्यसैको छाला र हड्डीको रजाईं गर्ने

पछिल्ला दिनमा मुलुकभर जंगली जनावर मार्ने र त्यसका अंगहरु ओसारपसार गर्ने क्रम बढेको छ । यसैक्रममा बाँकेको कोहलपुरमा चितुवाको छाला र हड्डी बिक्री गर्न ठिक्क परेको बेलामा प्रहरी पुगेको छ ।

स्थानीय सागर गेष्ट हाउसको कोठा नम्बर २०५ मा चितुवाको छाला एक थान र १ किलो ४० ग्राम हड्डीसहित तीन जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राप्ती सोनारी गाउँपालिका–९ ढकेरीका ३५ वर्षीय हिरासिंह बिक, सुर्खेत पञ्चपुरी नगरपालिका–७ का २४ वर्षीय रमेश वयक र २८ वर्षीय वसन्त बिसी हुन् ।

चितुवाको छाला र हड्डीसहित फेला परेका उनीहरुविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

टिप्पणीहरू