नेपाल र भारतबीच क्षमता अभिवृद्धि गर्ने सहमति

नेपाल र भारतबीच क्षमता अभिवृद्धि गर्ने सहमति

नेपाल र भारतबीच सुरक्षासम्बन्धी विषयमा आगामी दिनमा तालिम र क्षमता अभिवृद्धि गर्ने सहमति भएको छ । भारतको बेंगलुरुमा दुई दिनसम्म भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको १४ औं बैठकमा उक्त सहमति भएको हो ।

नेपाली सेनाका अनुसार वार्षिक रुपमा हुने उक्त बैठक यस पटक भारतमा भएको हो । यस पटक भएको सहमतिले दुई देशबीच कायम रहेको सुरक्षा सम्बन्धको सुदृढीकरण तथा द्विपक्षीय सुरक्षा चासोहरुको सम्बोधनका लागि उपलब्धिमूलक हुुने विश्वास लिइएको छ ।

टिप्पणीहरू