टेलिफोन र इन्टरनेट व्यवसाय सुचारु गर्ने हो भने सम्झौता गर्नु : प्राधिकरण

टेलिफोन र इन्टरनेट व्यवसाय सुचारु गर्ने हो भने सम्झौता गर्नु : प्राधिकरण

इन्टरनेट सेवाप्रदायकहरुलाई नेपाल विद्युत प्राधिकरणले आफ्नो सेवा सुचारुका लागि सम्झौता गर्न निर्देशन दिएको छ । प्राधिकरणले कात्तिक मसान्तसम्म पोलभाडा सम्झौता गर्न निर्देशन दिएको हो ।

नेपाल विद्युत प्राधिकरणसँग सम्झौता नगरी टेलिफोन र इन्टरनेट सेवा सञ्चालन गरिरहेका सेवाप्रदायकहरुले विद्युतका पोलहरु प्रयोग गरेको स्थान, परिमाण र अवधि स्वयम् घोषणा गरी यही कात्तिक मसान्तभित्र सम्झौता गर्न उसले भनेको हो ।

विद्युत प्रसारण गर्ने पोल प्रयोग गरेवापतको भाडा नतिरेपछि केही समयअघि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीको तार काटेको थियो । बिजुलीको पोलमा तार टाँगेर भाडा नतिरेको भन्दै उसले दशैंअघि काठमाडौँ उपत्यकालगायतका जिल्लामा इन्टरनेट सेवा प्रदायकहरुको तार काटिदिएको थियो ।

टिप्पणीहरू