​पवित्र उद्देश्यमा किन प्रहार ?

वीरगतिप्राप्त सैनिकका परिवार तथा एकल महिला मिलेर २०७४ साल मंसिरमा समूह दर्ता भएको हो । समूहले कुनै आपतकालीन अवस्था पर्दा वा मरिमराउ हुँदा भावपूर्ण श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी ४० हजारसम्म किरिया खर्च सहयोग गर्दै आएको छ । बाबु र आमाको पनि देहावसान भएका छोराछोरीलाई निःशुल्क पढाउने वातावरणसमेत मिलाउने गरेको छ । आफ्नै कार्यालय भवन नभएका कारण झोलामा कागजपत्र बोकेर खुला मैदानतिर बैठक बस्ने बाध्यता छ । २०७४ सालदेखि बचत कार्यक्रम सञ्चालन भएको र ७० जनाबाट मासिक ५०० का दरले जम्मा गरी संकलित रकम समूहकै सदस्यबीच लगानी गर्ने गरिएको छ ।

२०७४ सालको शुभदीपावलीमा देउसी भैलो खेलेर केही रकम संकलन गरिएको थियो । कार्यालय भवन निर्माणका लागि वीरगतिप्राप्त सैनिक कार्यरत रहँदाको ब्यारेकबाट समेत सहयोगको आश्वासन पाएअनुरुप नै हामीले निर्णय गरी लक्षित परिवारभित्र उपहार कार्यक्रम सञ्चालन गरेका हौं । यसका लागि जिल्ला प्रशासन कार्यालयले समेत पत्र संख्या ०७४/०७५ च.नं. ७७८ बाट अनुमति दिएको जानकारी गराउँछु । तर केही आरिसेले यस्तो पवित्र उद्देश्यमाथि हिलो छ्याप्दै समाजसेवी गर्न खोज्ने पीडित परिवारमा इज्जत प्रतिष्ठामा अखबारमार्फत अनर्गल आक्रमण गर्न उद्यत भएको हुँदा वास्तविकता छर्लंग पार्दै खबरदारी भन्नुपरेको हो । 

– रीता कार्की, अध्यक्ष

टिप्पणीहरू