एमालेले आज के के निर्णय गर्यो ?

एमालेले आज के के निर्णय गर्यो ?

नेकपा एमालेले आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट कात्तिक २७ गते गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज सम्पन्न केन्द्रीय कमिटी बैठकले प्रतिनिधिको संख्या बढाउने निर्णयसमेत गरेको छ ।

केन्द्रीय समितिले गरेका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले देशभर एकैसाथ कात्तिक २७ गते महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय भएको जानकारी गराउनुभयो । त्यस्तै, बैठकले महाधिवेशन प्रतिनिधिको संख्या बढाएर १९ सय ९९ सदस्यीय पुर्याएको छ ।

यसअघि स्थायी कमिटी बैठकले १५ सयबढी प्रतिनिधि प्रस्ताव गरेकोमा केन्द्रीय सदस्यहरुले संख्या बढाउन माग गरेका थिए । सोहीअनुसार संख्या बढाउने निर्णय गरेको ज्ञवालीले बताउनुभयो ।

आजको बैठकमा वडा र पालिका तहका अधिवेशनहरुको समीक्षा समेत गरिएको थियो । स्थानीय तहका अधिवेशनले पार्टीमा थप उत्साह बढेको बैठकले निश्कर्ष निकालेको ज्ञवालीले जानकारी दिनुभयो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन हुन बाँकी रहेका वडा र स्थानीय तहमा पनि छिट्टै अधिवेशन सक्न आह्वान गर्नुभएको पनि उहाँले बताउनुभयो ।

बैठकमा न्यायालयमा देखिएको पछिल्लो विवादबारे समेत छलफल भएको बताइएको छ । महाधिवेशनमा विद्युतीय मेशिनको प्रयोग गर्ने निर्णय पनि एमालेले गरेको छ ।

एमाले केन्द्रीय समितिको अर्को बैठक महाधिवेशनको अघिल्लो दिन मंसिर ९ गते चितवनमा बस्ने बताइएको छ ।

टिप्पणीहरू