अर्लि इलेक्सन केका लागि ? : माधव नेपाल

अर्लि इलेक्सन केका लागि ? : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुक अर्ली इलेक्सनमा जान जरुरी नभएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा बताउनुभएको हो ।

समय अगावैको चुनाव अर्लि इलेक्सन गर्नुको कुनै आवश्यकता नरहेको भन्दै उहाँले स्थानीय, प्रदेश र संघीय संसदको चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिनुभएको हो । गत साता समय अगावै चुनाव गर्नेबारे सत्ता गठबन्धन दलहरुबीच छलफल भएको हो भन्ने सम्बन्धमा सोधिएको जिज्ञासामा उहाँले ‘होइन’ भन्नुभएको छ ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गर्नुभएको छ ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘अर्ली इलेक्सनका सम्बन्धमा सत्ता साझेदार दलहरुबीच कुनै छलफल भएको छैन ।’ अन्य पार्टीसँग आफ्नो दलको एकता गर्नेबारे चलाइएको हल्लाको पनि उहाँले आधारहीन भन्नुभएको छ ।

टिप्पणीहरू