सगरमाथाको फेदीमा बनाइएको घरमा ९४ वर्षका शेर्पा सम्मानित

सगरमाथाको फेदीमा बनाइएको घरमा ९४ वर्षका शेर्पा सम्मानित

नेपाल प्रहरीले सोलुखुम्बुको नाम्चेमा रहेको इलाका प्रहरी कार्यालय परिसरमा तीन वटा सुविधा सम्पन्न भवन निर्माण गरेको छ । आज ती भवनको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रले उद्घाटन गरेपछि प्रहरीलाई सगरमाथाको चिसोबाट बचाउन सजिलो हुने भएको हो ।

प्रहरीको आवास तथा मेस भवनको आज उद्घाटन कार्यक्रममा पहिलो पटक सगरमाथा आरोहण गर्ने आरोहण दलका सदस्य ९४ वर्षीय कान्छा शेर्पालाई अभिनन्दन गरिएको छ । अरुलाई कदरपत्र र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार प्रदान गरिएको छ ।त्यसअवसरमा क्षेत्रीले सगरमाथा क्षेत्रमा हुन सक्ने अपराधहरूको रोकथामका लागि नागरिक र प्रहरीबीचको समन्वय र सहकार्यमा नयाँ भवनले सघाउ पुर्याउने बताउनुभएको छ । उहाँले सगरमाथा राष्ट्रिय निकुञ्जबाट हुन सक्ने अवैध चोरी निकासी पैठारी रोकथाममा पनि सकारात्मक योगदान पुग्ने बताउनुभयो । ती भवन राष्ट्रिय पुनः निर्माण प्राधिकरणको आर्थिक सहयोगमा २ करोड ४ लाख ४७ हजार ८ सय ५५ रुपैयाँको लागतमा बनाइएको हो ।

टिप्पणीहरू