​कस्ता कस्तालाई पाखा लगाएर…

सेनाबाट विभिन्न युन मिसनमा भाग लिने पर्यवेक्षक र स्टाफ अफिसर जम्मा २७ जनाको नाम निकालिएको छ । सहायक रथीको प्रमोसनमा दुईपटकसम्म पछाडि पारिएका प्रचण्डका प्रधानसेनापति कुलबहादुर खड्काको साढुभाइ महासेनानी सुरेश बानियाँ युनिफिल लेबनानमा एक वर्षका लागि स्टाफ अफिसर छनोट भएका छन् ।

लामो समय सैनिक सचिव रहेर धेरै आर्थिक उन्नति गर्न सफल सहायक रथी खड्क मल्ल भने घर जानुअघि मालदार अड्डा खाद्य परिवहन निर्देशनालयमा सरुवा मिलाउन सफल भएका छन् । जर्नेल श्रीमान सेनाको तेलखानी (कुवेत) मा सरुवा भएकोमा अबू नामले कहलिएकी रानीसाप किरण मल्ल फुरुंग भएकी छन् । उनले के–के चर्तिकला गर्ने हुन् खासखुस हुन थालेको छ । खड्क प्रधानसेनापतिको भाइ सहायक रथी ज्योतिन्द्र खत्रीलाई बुटवलतिर धपाएर त्यो ठाउँमा आउन कसरी सफल भए भन्ने चर्चा छ । 

– जंगीअड्डाका जेसिओहरू

टिप्पणीहरू