अदालतमा कुटाइ खाएका वकिलले रुँदैरुँदै राजा बोलाए

अदालतमा कुटाइ खाएका वकिलले रुँदैरुँदै राजा बोलाए

नेपाल बार परिसरमा सहकर्मी कानुन व्यवसायीबाटै कुटाइ खाएका अधिवक्ता भूमिनन्द चुडालले न्यायालय सुधारका लागि राजतन्त्र आउनुपर्ने बताएका छन् ।

प्रधानन्यायाधीशसम्बन्धी विवादमा भनाभन हुँदा अर्का वकिल विराट न्यौपानेले लात्तैलात्ताले हानेपछि बार परिसरमै केहीबेर बम्किएका चुडालले राजतन्त्र बिना प्रधानन्यायाधीशलाई कसैले पनि हटाउन नसक्ने भन्दै चुनौतीसमेत दिएका छन् । उनले भने, ‘देशमा गणतन्त्र अन्त्य भइसक्यो, राजतन्त्र आउँछ आउँछ । राजतन्त्र बिना प्रधानन्यायाधीश हट्दै हट्दैनन् । ’

चुडालले बार एसोसिएसनका नेतृत्वमाथि दलालको आरोप समेत लगाएका छन् । उनले आक्रोशित हुँदै बारबाटै कानुनव्यवसायीहरु अन्यायमा परिरहेको बताए । उनले रुँदैरुँदै पशुपति नाथ पुकारेर भने, ‘राजतन्त्र आउनै पर्छ, राजतन्त्र नल्याई छोड्दै छोड्दिँन ।

सर्वोच्च अदालतको पछिल्लो विवादमा चुडाल प्रधानन्यायाधीशको र न्यौपाने चाँही इजलास बहिष्कार गरेका १५ न्यायाधीशको पक्षमा छन् । यसैमा विवाद बढ्दा उनीहरु आज दिउँसो कुटपिटमा उत्रिएका थिए ।

टिप्पणीहरू