नेपाली नोट कहाँ छापिन्छ ?

नेपाली नोट कहाँ छापिन्छ ?

नेपाल राष्ट्र बैंकले मुलुकको नोट छाप्ने र निश्कासन गर्ने कार्य गर्छ । नेपालमा नोट छाप्ने सेक्युरिटी प्रिण्टिङ मेशिन नभएकाले अहिलेसम्म पनि विदेशमा छापेर ल्याउने गरिन्छ ।

नेपालले सबैभन्दा पहिले कागजी नोट बेलायतमा छापेको हो । त्यसपछि विश्वका विभिन्न देशमा छाप्दै आएको छ । अहिले त्यसरी नोट छाप्नको लागि विश्वका १० वटा कम्पनी छनौट भएको बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षमा नोट छपाईको लागि कासा दा मोएदा दो ब्रासिल ब्राजिल, चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन चीन, क्रेन एबी स्वीडेन, डे ला रु इन्टरनेशनल लिमिटेड बेलायत, गाईसिक र डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी जर्मनी, जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’ रुस, कोरिया मिन्टिङ, सेक्युरिटी प्रिन्टिङ एन्ड आईडी कार्ड अपरेटिङ कर्पोरेशन कोरिया, अबर्थर फिड्युसिएर फ्रान्स, ओरेल फुस्ली सेक्युरिटी प्रिन्टिङ स्विट्जरल्यान्ड र सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इण्डिया लिमिटेड भारतले नेपाली नोट छपाइ गर्न सक्ने छन् ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/10/ret.pdf”]

टिप्पणीहरू