एएफसी यु–२३ एसियन कप खेल्ने नेपालको सपना अधुरै

एएफसी यु–२३ एसियन कप खेल्ने नेपालको सपना अधुरै

एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको दोस्रो खेलमा आयोजक ताजाकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको यात्रा समूह चरणमा नै सीमित बनेको छ ।

समूह ‘बी’ मा रहेको नेपालले हिजो हिजो ताजिकिस्तानसँग खेलेको थियो । खेलको सुरुआतबाटै ताजिकिस्तानको दबाबमा खेलेको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा थप ३ गोल गरि ६ गोल खाएको थियो । प्रतियोगितामा यो नेपालको लगातार दोस्रो हार हो । यसअघि सोमबार भएको पहलो खेलमा नेपालले इरानलाई ४–० को नतिजा सुम्पिएको थियो ।

लगातार दोस्रो हारपछि नेपालको छनोट चरण पार गर्ने लक्ष्यमा पूर्णविराम लागेको हो । यता नेपालमाथिको जितपछि ताजिकिस्तानले भने शीर्ष स्थानमा रहँदै आगामी वर्ष उज्वेकिस्तानमा आयोजना हुने एएफसी यु–२३ एसियन कपमा छनोट हुने सम्भावना प्रबल बनाएको छ ।

सोमबार नै अर्को खेलमा लेबनानले ताजिकिस्तानलाई १–० को नतिजा सुम्पिएको थियो । बिहीबार भएको पहिलो खेलमा इरानले लेबनानलाई २–० ले हराउँदा नेपाल ताजिकिस्तानसँग ६–० ले पराजित हुन पुग्यो ।

दुई खेलमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा छ भने समान खेलमा समान ६ अंक जोडेको इरान गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ । दुई खेलमा पराजित भएका नेपाल र लेबनान अंकबिहीन छन् ।

११ समूह रहेको छनोट चरणबाट प्रत्येक समूहको समूहविजेता र चार उत्कृष्ट उपविजेता सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु २३ एसिया कपका लागि छनोट हुनेछन् । नेपालले अन्तिम खेलमा आइतबार लेबनानको सामना गर्नेछ ।

टिप्पणीहरू