राज्यमन्त्री एक्लै लखरलखर

राज्यमन्त्री एक्लै लखरलखर

१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ घिमिरेले उदयपुर भ्रमणका बेला सुरक्षाकर्मीबाट स्कर्टिङ नपाएको गुनासो गरेका छन् । आज उनी उदयपुरमा प्रदेश सञ्चार प्रतिष्ठानले आयोजना गरेको आचारसंहिता विषयक कार्यक्रममा सहभागी हुन आएका थिए ।

उनले गुनासो गरेको होइन भन्दै प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव, अनुसन्धान विभागका उपनिर्देशक देवराज लिम्बु, सशस्त्र प्रहरी बलका एसपी सुधिर सुवेदी र जनपथका एसपी सुवासचन्द्र बोहोरासँग सार्वजनिक रूपमै मन्त्रीको हैसियत दर्शाएकाहुन् । सुरक्षाकर्मीले भने टप ६ को पोर्टफोलियोभित्र प्रदेशका राज्यमन्त्री नपर्ने भएकाले स्कर्टिङ नगरेको बताएका छन् ।

मन्त्री अधिकारीको गुनासो पश्चात् पनि बिराटनगर फिर्ता हुने क्रममा सुरक्षाकर्मीले स्कर्टिङ नगरेपछि मन्त्री अधिकारी लखरलखर फर्किएका हुन् । अबको पाँच दिनपछि १ नम्बर प्रदेशमा प्रदेश सरकार फेरिने निश्चित भएकाले सुरक्षाकर्मीले बेवास्ता गरेको बुझाइ मन्त्री अधिकारीको रहेको बताइन्छ ।

टिप्पणीहरू