श्रीमान चुडाल बेन्च बाहिर,वकिल चुडालमाथि लात्ती

श्रीमान चुडाल बेन्च बाहिर,वकिल चुडालमाथि लात्ती

सर्वाेच्च अदालत परिसरमै दुई अधिवक्ताबीच लात्ती हान्ने काम भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा पक्षधर र विपक्षी अधिवक्ताबीच लात्ती हान्ने काम भएको बताइन्छ ।

नेपाल बार एशोसियनको प्रांगणमा अधिवक्ता विराट न्यौपानेले अर्का अधिवक्ता भूमिनन्द चुडाललाई एक लात हानेका हुन् । कुट्ने न्यौपाने काठमाडौं बारका सदस्य हुन् भने लात्ती खाने चुडाल सर्वोच्च बारका ।

संयोग कस्तो भने प्रधानन्यायाधीशले श्रीमान कुमार चुडाललाई बिश्वास गरेर आजलाई आफूसहितको इजलास गठन गर्दा पनि उहाँ अरु न्यायाधीशको कित्ता छाडेर सुनुवाइका निम्ति बेन्चमा नगएको,उता आजै चुडाल थरका वकिल चुटिएको ।

न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा उभिएका,चुडाल प्रधानन्यायधीश राणा पक्षधर । संयोग कस्तो भने प्रधान न्यायाधीशले कुमार चुडाललाई बिश्वास गरेर आजलाई आफूसहितको इजलास गठन गर्दा पनि उहाँ अरु न्यायाधीशको कित्ता छाडेर सुनुवाइका निम्ति बेन्चमा नगएको,उता आजै चुडाल थरका वकिल चुटिएको ।

इजलाश रोकिँदा सर्वसाधारणलाई सास्ती भएको बिषयमा मिडियासँग अन्तरवार्ता दिइरहेको बेला तेरो लाइसेन्स खोस्नु पर्ने भन्दै हातपात भएको र आफू न्यौपानेविरुद्ध कानुनी प्रक्रियामा जाने चुडालको भनाई छ ।

यता आज शुक्रवारका लागि प्रधानन्यायधीश जबराले आठ वटा इजलाशमा पेशी तोके पनि कुनै इजलाश बस्न सकेको छैन ।

टिप्पणीहरू