जाडो बढेसँगै ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप

जाडो बढेसँगै ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप

ललितपुर महानगरपालिकाले ७४ वर्षमाथिका नागरिकलाई निमोनिया विरुद्धको खोप दिने भएको छ । मुलुकमा जाडो बढेसंगै सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन खोप दिन लागिएको हो ।

महानगरका अनुसार पहिलो चरणमा आइतबारदेखि बुधबारसम्म खोप दिने कार्यक्रम छ । जसका लागि महानगरभित्र बसोबास गर्ने सो उमेर समूहका नागरिकले आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर दिउँसो ११ देखि ४ बजेसम्म आ-आफ्नो वडाको खोप केन्द्रमा जानुपर्ने छ ।

महानगरले जाऱी गरेको सूचनामा आइतबार पहिलो दिन वडा नम्बर १ देखि ७ तथा २८ र २९ वडाका लक्षित समूहले खोप पाउने जनाइएको छ । त्यसैगरी, सोमबार वडा नं ६ देखि १३, मंगलबार १४ देखि २० र अन्तिम दिन बुधबार २१ देखि २७ वडाका जेष्ठ नागरिकलाई खोप दिइने छ ।

महानगरले ७० देखि ७३ वर्षका ज्येष्ठ नागरिकलाई पनि यथाशीर्घ खोप दिने बताएको छ ।

टिप्पणीहरू