अबदेखि जर्नेलहरुको छुट्टै नाम

अबदेखि जर्नेलहरुको छुट्टै नाम

भदौसम्म पनि नेपाली सेनामा प्रधान सेनापतिपछिका वरिष्ठतम दुई र तीन नम्बर जर्नेललाई बलाधिकृत र बलाध्यक्ष भनिन्थ्यो । यो प्रचलन भर्खर सेवानिवृत्त प्रधान सेनापति पूर्णचन्द्रको मोटामोटी कार्यकालसम्म लागु भयो ।

तर उहाँले अवकाश लिने बेला हुँदै गर्दा सेनाका केही पदको नाम परिवर्तन गरिएको छ । उक्त पदलाई पहिले चिफ अफ स्टाफ र चिफ अफ जनरल स्टाफ भनिन्थ्यो । प्रधानसेनापतिलाई चिफ अफ आर्मी स्टाफ भनिन्थ्यो ।

“अहिले बालकृष्ण कार्की भाइस आर्मी चिफ भएका छन् । अर्का सरोजप्रताप राणा असिष्टेन्ट भाइस आर्मी चिफ हुने लाइनमा छन् ।”

तर थापा अवकाश हुँदा नहुँदै उक्त पदलाई अंग्रेजीमा भाइस आर्मी चिफ र असिस्टेण्ट भाइस आर्मी चिफ भन्न थालिएको छ । अहिले बालकृष्ण कार्की भाइस आर्मी चिफ भएका छन् । अर्का सरोजप्रताप राणा असिष्टेन्ट भाइस आर्मी चिफ हुने लाइनमा छन् ।

तीन जोड एक अन्तर्गत २ तारे जर्नेलले चलाउने ४ वटा कमाण्डमध्ये मध्य,पूर्वी,पश्चिम र उपत्यका प्रमुखलाई पनि अब पहिलेजस्तो पृतनापति नभनी कमाण्ड सेनापति भन्न थालिएको छ । यीमध्येका केहीले भने १७ गते मात्र क्षेत्र सम्हाल्न गएको १ बर्ष पुग्ने भएकोले त्यतिन्जेल तोकिएको नयाँ ठाउँमा जान नपरे हुन्थ्यो भनी सेनापतिसङ्ग अनुरोध गरेको बताइन्छ ।

सेनाका वरिष्ठ तीन वटा पदको अंग्रेजी नामाकरण अवकाशप्राप्त सेनापति पूर्णचन्द्र थापाले गरेर गएका हुन् ।

टिप्पणीहरू