​वीरमा ठूलै बित्याँस

अस्पतालका उपकुलपतिदेखि लेखा शाखाका कर्मचारीसम्म  मोटो कमिसन खुवाएर दलालहरूले संस्था टाट पल्टाउने धन्दा चलाउने र राष्ट्रसेवक कर्मचारीचाहिँ तिनै दलाललाई साथ दिने । कर्मचारीलाई मोटो कमिसनको प्रलोभनमा पारी पण्डितहरूले औषधिदेखि  उपकरणसम्मको खरिद ठेक्का एकलौटी हत्याउँदै आएका छन् । यस्तै नटवरलालहरूसँगको भित्री साँठगाँठ छ त्यहीँका कर्मचारी लक्ष्मण अर्याल, विष्णु फुँयाल, नमराज धितालहरूको । अन्य अस्पतालझैं वीर उपकरणको खरिदको ठेक्का हात पार्दै आएका पण्डितहरूले अस्पताललाई चुसेर खोक्रो बनाएका छन् । जसलाई हालै सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदन र सार्वजनिक खरिद अनुुगमनको कार्यालयले गरेको अनुसन्धानमा समेत सबैभन्दा बढी भ्रष्ट अखडाका रूपमा वीर अस्पताललाई दर्ज गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयबाट खटिएका केशव प्रसाईंहरूको टोली वीर अस्पताल तथा ट्रमा सेन्टरबाट चकित हुँदै फर्किएका छन् । तीन दिनसम्म उनीहरूले गरेको अध्ययनमा त्यहाँ अत्यासलाग्दो अनियमितता भेटिएको हो । लुट कस्तोसम्म भने वीरले सात करोडमा खरिद गरेको एउटै उपकरणलाई ट्रमाले बीस करोडसम्म भुक्तानी गरेको भेटियो । 

अनियमितताको शृंखला कस्तोसम्म रहेछ भने अघिल्लो आर्थिक वर्षको अन्तिम दिन ८१ करोड ५६ लाख ९६ हजार (३९.७८ प्रतिशत) खर्च गरेको भेटियो जसलाई महालेखा परीक्षकको कार्यालयले अनियमितता भनेको छ । त्यस्तै, त्यहाँ विभिन्न ५० प्रकारका औषधि खरिद गर्दा २८ लाख ४६ हजार रुपैयाँ बढी भुक्तानी गरिएको महालेखाले औंल्याएको छ । काजमा राखिएका कर्मचारीलाई मात्र एक वर्षमा १  करोड ४७ लाख तलब भुक्तानी गरिएको छ । करारमा कर्मचारी नराख्न ०७० सालदेखि हालसम्म तीन पटकसम्म लोकसेवा आयोगले  पत्र पठायो । तर, अत्यावश्यक सेवा भन्दै त्यहाँ यो बीचमा ४ सय आफन्त भर्ती गरिएको छ । वीरमा  ९६, ट्रमामा ३ सय हाराहारी प्रतिव्यक्ति तीनदेखि ५ लाख लिएर नियुक्त गरिएको छ । करारमा नियुक्त ४ सयको डकुमेन्ट लिएर आउने व्यक्ति वीर अस्पताल सेवा आयोगका सचिव लक्ष्मण अर्याल, अहेव विष्णु फुँयाल, पिउन नमराज धिताललगायत हुन् । करारमा कर्मचारी भर्ती गरिएकोलाई समेत महालेखाले अनियमितता ठहर गरेको छ । वीरभित्रको अनियमितताको शृंखला यतिमै सकिँदैन, त्यहाँ जाइकाले २ सय शøयाको भवन निर्माण गर्दै छ । अहिले ठेकेदारलाई धम्क्याउँदै आफू निकटकालाई गिट्टी, बालुवा, रोडालगायतको ठेक्का पारिदिन ठेकेदारहरूलाई दबाब दिँदै छन् लक्ष्मण अर्यालहरू । वीरअगाडि नौ सय बेडको भवन बन्दै छ जसको ठेक्का शर्मा, जेभी रसुवाले हात पारेको छ । तीन अर्ब माथिको टेण्डर हो यो  । बिनाटेण्डर यही कम्पनीलाई नौ सय बेडको भवन निर्माण गर्न दिलाइएको छ । यता, प्रतिष्ठानतर्फका कर्मचारीको बढुवा र पदनाममा समेत आफूनिकट मात्र खोज्ने परिपाटी त्यहाँ मौलाएको गुनासो कर्मचारीले गर्न थालेका छन् ।  उपकुपति गणेश गुरुङनिकटका नभएकै कारण नेपालका प्रख्यात डाक्टर सुधांशु केसी, दीपेन्द्र श्रेष्ठलगायतको फाइल गुरुङको टेबलमा पुगेर महिनौंदेखि रोकिएको बताइन्छ ।

  वार्षिक १५ देखि  २० करोड बजेट रहेको वीर अस्पतालको बजेट गगन थापा स्वास्थ्यमन्त्री हुँदा २ अर्ब त पु¥याइयो । उक्त बजेटमध्ये डेढ अर्बको उपकरण खरिद गरिएको छ । जसमा  सिटिस्क्यान एमआरआई, ग्यास्ट्रो, इन्डोस्कोपी, कलेजो इन्डोस्कोपी, तीन वटा सवारीसाधन खरिददेखि आन्तरिक मर्मतका नाममा सकाइएको छ । अस्पताल स्रोत भन्छ, ‘२ अर्ब बजेटमा झन्डै ५० करोड अनियमितता भएको छ । अस्पताल बचाउन माग गर्दै त्यहाँका कर्मचारीले अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, लोकसेवा आयोग हुँदै स्वास्थ्यराज्यमन्त्री र प्रधानमन्त्रीको सचिवालयमा समेत निवेदन दर्ज गर्न भ्याएका छन् । स्वास्थ्य क्षेत्रमा यतिबिध्न लुट मच्चिरहँदा स्वास्थ्य राज्यमन्त्री पद्माले केही एक्सन लिएर वीरलाई सुधार गर्न सक्लिन् वा उनी पनि दलालहरूकै चंगुलमा पर्छिन् त्योचाहिँ हेर्न बाँकी नै छ । 

टिप्पणीहरू