एमाले महाधिवेशनमा दुई तिहाई बढी भूगोल प्रतिनिधि,एक तिहाई अन्यत्रबाट

एमाले महाधिवेशनमा दुई तिहाई बढी भूगोल प्रतिनिधि,एक तिहाई अन्यत्रबाट

एमालेको हिजो बिहान ११ बजेदेखि बसेको स्थायी समिति बैठक उदघाटनलगत्तै नेतृत्व चयनमा जाने निर्णयसहित साँझ ७ बजे सकिएको छ । बैठकले अधिकांश महाधिवेशनसँग सम्बन्धित निर्णय गरेको बताइएको छ ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं महाधिवेशनमा एक हजार पाँच सय ३६ जना प्रतिनिधि हुनेछन् । तीमध्ये दुई तिहाई भन्दा बढी भूगोलका प्रतिनिधि हुने जानकारी दिइएको छ ।

महाधिवेशनको उद्घाटन सत्र नारायणगढको नारायणी नदी किनारमा हुने छ । बन्द सत्र सौराहामा हुने बैठकले निर्णय गरेको छ ।

स्थायी समितिको बैठकले प्रधान न्यायाधीशको सम्बन्धमा उठेको विवादलाई ‘राजनैतिक गठबन्धनसँगको अपवित्र साँठगाठ’ भनेको छ । न्यायालयमा गुटबन्दीले गर्दा मुलुक दुर्भाग्यपूर्ण अवस्थाबाट गुज्रेको बैठकले ठहर गरेको छ ।

उसले भनेको छ, ‘केही राजनैतिक नेताको निम्ति न्यायालयले गरेको गठबन्धन त्रुटिपूर्ण भएको प्रमाणित भएको छ ।’ एमालेले आज बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

टिप्पणीहरू