प्रधानमन्त्री शीतल निवासबाट निस्कनुभयो

प्रधानमन्त्री शीतल निवासबाट निस्कनुभयो

भोलि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन स्कटल्याण्डको ग्लास्गो जान लाग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर भर्खर बालुवाटार फर्कनुभएको छ । उहाँ झण्डै ४५ मीनेट त्यहाँ बस्नुभएको थियो ।

आज अपरान्हको क्याबिनेट बैठकले भोलिदेखि संसद अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ । त्यसैगरी भारत,अमेरिका र बेलायतमा राजदूत नियुक्तीको सिफारिस समेत भएको छ ।

सोही सन्दर्भमा उहाँ राष्ट्रपतिलाई जानकारी गराउन र विदाइ भेट गर्न शीतल निवास पुग्नुभएको बताइन्छ ।

टिप्पणीहरू