भोलिदेखि संसद अधिवेशन अन्त्य

भोलिदेखि संसद अधिवेशन अन्त्य

सरकारले संसदको चालू अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको क्याबिनेट बैठकले भोलि मध्यरातदेखि संघीय संसदका दुबै अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

संसद अधिवेशन गत भदौ २३ गतेदेखि शुरु भएको थियो । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गर्दा संसदका कुनै पनि बैठक सुचारु हुन सकेको थिएन ।

यसअघि आज केहीबेर बसेको प्रतिनिधिसभा बैठक सभामुख अग्नि सापकोटाले कात्तिक २९ गतेसम्मका लागि स्थगित गर्नुभएको थियो ।

टिप्पणीहरू