भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस

भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस

सरकारले भारत, अमेरिका र बेलायतका लागि नयाँ राजदूत सिफारिस गरेको छ । आज बसेको क्याबिनेट वैठकले ती देशमा रिक्त राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

क्याबिनेटले डा. शंकर शर्मालाई भारतका लागि राजदूतमा सिफारिस गरेको छ । त्यस्तै, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्य सिफारिस भएका छन् ।

खत्री राजनीतिशास्त्रका प्राध्यापक तथा परराष्ट्र मामिलाविज्ञ हुन् । शर्मा अमेरिकाका लागि पूर्वराजदूत हुन् भने परराष्ट्र सेवाका आचार्य संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि हुन् ।

क्याबिनेटको सिफारिस राष्ट्रपतिबाट अनुमोदन भएपछि तीनै जना राजदूत नियुक्त हुनेछन् । सरकारले केही समयअघि परराष्ट्र करिअर राजदूत बाहेक सबैलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । राजदूत रिक्त रहेका अन्य देशमा भने नियुक्तिको सिफारिस गरिएको छैन ।

टिप्पणीहरू