बाग्मतीमा एमाले नेतृत्वको सरकारले गरेका निर्णय खारेज हुने

बाग्मतीमा एमाले नेतृत्वको सरकारले गरेका निर्णय खारेज हुने

बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले अघिल्लो अष्टलक्ष्मी शाक्य नेतृत्वको एमाले सरकारले गरेका गलत निर्णय सच्याइने बताउनुभएको छ ।

मुख्यमन्त्रीको शपथ ग्रहणपछि प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिँदै गर्दा उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको र कतिपय दीर्घकालीन महत्वका निर्णय गरेकाले त्यस्ता निर्णय सच्याइने उहाँको भनाइ छ ।

उहाँले भ्रष्टाचारमुक्त बाग्मती प्रदेश बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको पनि बताउनुभयो । मुख्यमन्त्री पाण्डेले नयाँ बजेट आउने संकेत समेत गर्नुभएको छ । श्रमजीवी, मजदुर र सर्वहारा जनताको पक्षमा प्रदेश सरकारले नयाँ बजेट ल्याउने उहाँको भनाइ छ ।

प्रदेश प्रमुखको कार्यालयबाट पदबहालीका लागि उहाँ भर्खरै मुख्यमन्त्री कार्यालयतर्फ लाग्नुभएको छ ।

टिप्पणीहरू