स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुलेको ७२ घण्टामै बन्द

स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुलेको ७२ घण्टामै बन्द

महिनौं बन्द रहेको तर सोमबारदेखि खुलेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन आजबाट बन्द गरिएको छ । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएको भन्दै बन्द गरिएको हो ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै वेबसाइटमा केही प्राविधिक समस्या देखिएको र तत्काल मर्मतका लागि बन्द गरिएको जानकारी गराएको छ ।

विभागले यसबाट हुने असुविधाप्रति माफी माग्दै मर्मत भइरहेको बताएको छ । कोरोना महामारीको कारण गत वैशाख १६ गतेदेखि बन्द रहेको नयाँ आवेदन ६ महिनापछि सोमबारदेखि खुलेको हो ।

तर, सेवाग्राहीहरुले प्राविधिक समस्या देखाएर दुनो सोझ्याउन कर्मचारी र प्राविधिकले रचेको ‘खेल’ भनेका छन् ।

टिप्पणीहरू