भन्सार अधिकृतको आम्दानी ९ वर्षमा २० करोड,विशेष अदालतबाट सफाई

भन्सार अधिकृतको आम्दानी ९ वर्षमा २० करोड,विशेष अदालतबाट सफाई

९ वर्षअघि नेपाल सरकारको राजश्व अधिकृत बनेका कुनैपनि कर्मचारीले आँखा चिम्लेर भ्रष्टाचार गर्दा कति थुपार्लान् ? एक जना अवकाशप्राप्त सचिवले ठट्टै ठट्टामा भने, ‘वर्षको एक करोड भ्याए पनि १० करोडसम्म होला । तर त्यो पनि तालमेल मिल्नपर्यो,शाखा अधिकृतको त्यो हैसियत नहुन सक्छ । एकाध लाख चाहिँ जुर्ला कि !’

तर २०६९ सालमा निजामती सेवा प्रवेश गरेका एक जना रोल्पाली कमरेडले ९ वर्षमा २० करोडभन्दा बढीको आम्दानी गरेका छन् । सम्पत्ति र आम्दानीको स्रोत नखुले पनि उनले हिजो विशेष अदालतबाट सफाइ पाएका हुन् ।

विशेषको मुद्दा नम्बर ०७५–सीआर–०३०० लागेका आरोपित हुन् मानप्रसाद बिक । स्थायी घर रोल्पा । रोल्पाका छिमेकीहरु अति विपन्न परिवारका भए पनि मानप्रसाद बिकले दलित कोटाबाट अधिकृतमा नाम निकालेपछि चिठ्ठा परेको बताउँछन् । २० करोडभन्दा बढीको सम्पत्ति कुम्ल्याएपछि उनीविरुद्ध सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागले विशेषमा भ्रष्टाचार मुद्दा हालेको थियो भने अख्तियारले पनि छुट्टै मुद्दा चलाएको थियो ।

तर यिनैलाई हिजो विशेषले सफाइ दिएको छ । सरकार फेरिएसङ्गै अख्तियारबाट पनि उनले क्लिनचिट लिइसकेको बताइन्छ । हिजोको आदेशपछि बिक आजबाट कार्यालयमा हाजिर भएका छन् । राजश्व समूहका अधिकृत उनलाई अब न्युरोडस्थित कर कार्यालयमा हाकिम बनाउने तयारी गरिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

उठ्तीपुठ्तीमा निकै सिपालु प्रमाणित भएकाले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर स्वयमले विकलाई न्युरोडमा लैजाने मनशाय राखेको भनिन्छ । विशेष अदालतको स्रोतले भनेको छ, ‘न्यायाधीशहरुले १० दिनदेखि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राख्नुभएको थियो । तर हिजो एक्कासी बहस नोटसमेत नमागी उनीविरुद्धको दुई वटै मुद्दामा सफाइ दिएर किनारा लगाइएको हो ।

हिजो बिकको भ्रष्टाचारविरुद्धको मुद्दामा सफाई दिने न्यायाधीशहरु नित्यानन्द पाण्डे र अब्दुल अजिज मुसलमान हुनुहुन्छ । न्यायाधीश निकट स्रोतले भने १० दिनदेखि मुद्दामा सफाइ दिन नखोजे पनि मन्त्रीका कारण बाध्य भएको बताएका छन् ।

बिकले २०७५ सालमा भैरहवा भन्सारमा भन्सार अधिकृत हुँदा ११ करोड हाराहारी उठाएको अनुसन्धानको क्रममा देखिएको छ । उनी रोल्पामा माओवादी प्रवक्ता कृष्णबहादुर महराका स्कुले विद्यार्थी हुन् । अहिलेका र पहिलेका अर्थमन्त्री जनार्दन र वर्षमान पुनको सच्चा कार्यकर्ता समेत रहेको बताइन्छ ।

त्यसैले ९ वर्षमा २० औं करोड कमाएको चर्चा गरिएको हो । अदालतको सफाइपछि उनलाई न्युरोड कर कार्यालयमा लैजान खोजिएको विषयलाई आगामी चुनावलक्षित पोष्टिङ भन्न थालिएको छ ।

टिप्पणीहरू