ओलीलाई ती प्रश्न र यी जवाफ

ओलीलाई ती प्रश्न र यी जवाफ

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलिलाई लिएर धेरैले प्रश्न उठाउने गरेका छन् । उहाँमाथि दम्भी,अहंकारी र घमण्डी नेताको आरोप पनि छ । नेकपा हुँदै एमालेसम्म विभाजन हुनुमा ओलीका यिनै कार्यशैली जिम्मेवार रहेको दावी गर्नेहरु धेरै छन् ।

गत निर्वाचनमा वाम गठवन्धनले पाएको झण्डै दुई तिहाइ मतको जगमा ओली दोस्रो पटक सत्तामा उक्लिनुभयो । तर,जनताले दिएको अपार समर्थन सम्हाल्न नसक्दा अल्पकालमै सरकारबाट बाहिरिनु पर्यो ।

पाँच वर्षका लागि प्रधानमन्त्री बन्नुभएका ओली तीन वर्षमै बहिर्गमनमा पर्नुका पछाडि अरुको अस्तित्व स्वीकार नगर्ने उहाँको कार्यशैलिलाई मुख्य कारक मानिन्छ । किनभने प्रचण्ड र माधव नेपालको अस्तित्व स्वीकार नगरेका कारण पार्टी विभाजन र ओलीको सत्ताबहिर्गमनको अवस्था बनेको इतर खेमाको दावी छ । ओलीका सार्वजनिक रुपमै आउने अधिकांश अभिव्यक्तिले पनि त्यस्ता दावीलाई बल पुर्याइरहेको छ ।

त्यसो त,एमाले नेता-कार्यकर्ताले ओलीलाई राजनेताका रुपमा प्रचार गर्ने गरेका छन् । विकास र सम्मृध्दिको संवाहक भन्दै ओलीलाई बा भन्नेहरु एमालेमा झन् धेरै छन् । ओली स्वयमले पनि आफ्नो प्रधानमन्त्रीकालमा धेरै राम्रो काम गरेको दावी गर्दै आफूलाई राजनेताका रुपमा प्रस्तुत गरिरहनु भएको छ । हालै एक सार्वजनिक कार्यक्रममा त उहाँले आफूले प्रधानमन्त्री हुँदा गरेका राम्रा कामले गिनिज बुक नै आधा भरिने टिप्पणी गर्नुभएको थियो ।

राजनेताका रुपमा प्रचार गरिएका र सरकारमा रहँदा असंख्य राम्रो काम गरेको चर्चा चलाइएका ओलीले एक टेलिभिजन अन्तर्वार्तामा पत्रकारलाई दिएको जवाफ भने उदेकलाग्दो छ । प्रधानमन्त्रीबाट बाहिरिएपछि दिएको उक्त अन्तर्वार्तामा दिएका जवाफमार्फत उहाँको अभिमान प्रकट भएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियो क्लिपमा ओलीले आफ्नो कार्यकालमा पत्रकारलाई अन्तर्वार्ता दिनु नै सरकारको उपलब्धि भएको उत्तेजनापूर्ण जवाफ दिनुभएको छ । पत्रकारले उहाँलाई आफ्नो कार्यकालमा भएका कुनै एउटा राम्रो काम भन्न स्वभाविक प्रश्न गरेका थिए ।

यस्तो छ ओली र पत्रकारको सवाल जवाफ

पत्रकार : तपाईंले आफ्नो कार्यकालमा गरेको धेरै राम्रो काममध्ये गर्व गर्नलायक कुनै एक काम भन्दिनुस् न ?

ओली : मेरो कार्यकालमा तपाईंलाई इन्टरभ्यू दिएको थिएँ, त्यो नै महत्वपूर्ण काम हो ।

पत्रकार : मैले गल्ति गरेँ कि जस्तो लागेको केही छैन ?

ओली : छैन ।

पत्रकार : केही पनि गल्ति गरेजस्तो लाग्दैन ?

ओली : छैन

पत्रकार : यहाँभन्दा देशप्रेमी, राष्ट्रप्रेमी देश बनाउँछु भनेर लागेको अर्को दलको कोही एकजनाको नाम लिनुपर्दा कसलाई भन्नुहुन्छ ?

ओली : त्यस्तो नभएको मान्छे तपाइँ खोज्नुहुन्छ भने कहाँ पाउनुहुन्छ ?

भिडियाे श्राेत : सुर्याेदय टि.भी

https://www.facebook.com/purusuttam.panta/posts/6803776142980809

टिप्पणीहरू