मेला हेर्न गएकी बालिकामाथि सामूहिक बलात्कार, घटना लुकाउन सक्दो प्रयास

मेला हेर्न गएकी बालिकामाथि सामूहिक बलात्कार, घटना लुकाउन सक्दो प्रयास

पश्चिम रुकुममा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका १४, बाकेज्युलामा परम्परागत रूपमा लागेको मेला हेर्न गएकी बालिकालाई सामूहि बलात्कार गरिएको हो ।

हिजो साँझ जाजरकोटको नलगाड नगरपालिका १, कल्पतबाट मेला हेर्न आएकी १५ वर्षकी बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले बताएको छ । आज जनआस्थासँग कुराकानी गर्दै उक्त कार्यालयका एक जना प्रहरी जवानले घटनाबारे आफूहरुले आज बिहान मात्र थाहा पाएको बताएका छन् ।

उनले, आज बिहान दुई जनाले आएर कार्यालयमा उजुरी दिएको जानकारी दिएका छन् । प्रहरी टोली अहिले उजुरी परेका व्यक्तिहरुको खोजीमा निस्केको पनि उनले बताए । बलात्कृत बालिकाको आठबीसकोट नगरपालिकाको अस्पतालमा उपचार भइरहेको छ ।

यता, पारिवारिक स्रोतले भने घटनालाई ढाकछोप गर्ने प्रयास भइरहेको बताएको छ । घटनाबारे थप विवरण आउन अझै बाँकी रहेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू