सर्वोच्चका न्यायाधीशविरुद्ध कानुनका विद्यार्थीले सडकमा पलेटी कसे

सर्वोच्चका न्यायाधीशविरुद्ध कानुनका विद्यार्थीले सडकमा पलेटी कसे

सर्वोच्च अदालतका १४ जना न्यायाधीशले इजलास बहिष्कार गरेको भन्दै कानुनका विद्यार्थीहरुले माइतीघर मण्डलमा धर्ना दिएका छन् । अदालतभित्रको समस्या तथा गुटबन्दीको चपेटामा परेका सर्वसाधाणहरुको न्यायको निम्ति भन्दै नेशनल ल कलेजका विद्यार्थीहरु आज दिउँसो १२ बजेदेखि धर्नामा बसेका हुन् ।

धर्ना स्वतन्त्र विद्यार्थीहरुको आयोजनामा भएको बताइन्छ । उनीहरुले न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर,कानुन,प्रमाण र न्याय सबै भुलेर आफ्नो व्यक्तिगत स्वार्थ ल्याए ?,अदालतभित्रको समस्या तथा गुटबन्दीको चपेटामा सर्वसाधारणको बली कहिलेसम्म चढ्ने ?, न्यायमूर्तिका रूपमा स्थापित माननीय न्यायाधीशहरूलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ? नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

यो सर्वोच्च अदालतका पूर्व मुख्य रजिस्ट्रार रामकृष्ण तिमिल्सिनाद्वारा सन्चालित कलेज हो,तिमिल्सिना समावेशी आयोगमा नियुक्त हुनुअघि सर्वोच्चकै संवैधानिक इजलासका बिज्ञ सल्लाहकार थिए ।

न्यायाधीश हरि फुयालको एकल इजलासले संबैधानिक इजलासमा अध्यादेशद्वारा संबैधानिक पदाधिकारी नियुक्तिविरुध्द परेका रीटहरुउपरको सुनुवाइ रोक लगाउने निवेदनवाला पूर्व एसएसपी गणेश रेग्मी यिनै डा.तिमिल्सिनाका साझेदार मानिन्छन् ।

टिप्पणीहरू