झापा र मोरङमा लागुऔषध र कारोबारी छ्याप्छ्याप्ती

झापा र मोरङमा लागुऔषध र कारोबारी छ्याप्छ्याप्ती

प्रहरीले १ नम्बर प्रदेशको विभिन्न जिल्लाबाट लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पछिल्ला दिनमा प्रदेशमा लागुऔषध र कारोबारीको बिगबिगी बढेको हो ।

पछिल्लो पटक पक्राउ पर्नेमा मोरङबाट एक र झापाका तीन जना छन । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका ९ का १९ वर्षीय आशिष महतो हुन् छन् । हिजो दिउँसो उनलाई प्रहरीको सिआरभी पोष्ट जतुवाले बिराटनगर महानगरपालिका १४, जतुवा चोकबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरी टोलीले लुपिजेसिक १७, फेनारगन १७ र डाइजाल्याब १७ एम्पुल बरामद गरेको छ ।

त्यसैगरी झापाको बुद्धशान्ति गाउँपालिका ३ बुधबारे चोकबाट ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका २ का २३ वर्षीय युरास इवा लिम्बु, याङवरक गाउँपालिका २, बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका ११ बस्ने २५ वर्षीय उमेश विक र इलाम कोल्बुङ गाउँपालिका २ कुटि डाँडा का २३ वर्षीय सुलभ गुरुङ रहेका हुन् ।

उनीहरुलाई हिजो बेलुकी साढे ७ बजे इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले पक्राउ गरेको हो । प्रहरीले अभियुक्तहरुको साथबाट ब्राउन सुगर ३० मिलि ग्राम र गाँजा ११ ग्राम ५० मिलि ग्राम बरामद गरेको छ । पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध कारोबारमा मुद्दा चलाउन थप अनुसन्धान भइरहेको जनाइएको छ ।

राजधानीमा लागुऔषधका पौकैपोकाप्रहरीले राजधानीमा लागुऔषध बिक्री गर्ने समूहलाई पक्रेको छ । प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरिक्षक सुरेश राज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई समातेको हो । नजिकैको नरेफाँटस्थित एउटा दुध डेरी अगाडि लागुऔषध बिक्री भइरहेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले बालाजुको बोहोराटार बस्ने १९ वर्षीय युवराज स्याङ्बो, जडिबुटी घर भएका ३४ वर्षीय अविनाश राजभण्डारी, ललितपुरको महालक्ष्मीस्थान बस्ने २८ वर्षीय विवेक रुम्बा समातिएका हुन् ।

उनीहरुको साथबाट ३ केजी ४ सय ७० ग्राम चरेश, १ सय ८० ग्राम गाँजा र ४ थान मोबाइल बरामद गरिएको छ ।

टिप्पणीहरू